

जापान । नेपाली कांग्रेस जनसम्पर्क समिति जापानको युवा नेता राजेश खनालले समितिको अधिवेशन नहुनुमा कांग्रेसी शीर्ष तहका नेताको हात रहेको भन्दै आक्रोश पोखेका छन् । विगत ७ वर्ष देखि समितिको अधिवेशन हुन सकेकोमा मुख्य दोषी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र हालका अर्थमन्त्री प्रकाश शरण महत रहेको खनालले बताएका हुन् ।
जनसम्पर्क समिति जापानका सभापति रोशन के.सी नेतृत्वको कार्यसमितिले ७ वर्ष सम्ममा पनि अधिवेशन गर्न सकेको छैन् । यही कारण जापानमा रहेका नेपाली कांग्रेसका कृयाशील सदस्य र शुभचिन्तकको मनोभावनालाई बन्दक बनाइएको र सिङ्गो लोकतन्त्रको नै धज्जी उडेको भन्दै खनालले आक्रोश ब्यक्त गरेका छन् ।
खनालले विगत ९ महिना देखि कार्यसमितिको बैठक समेत बस्न नसकेको पनि बताएका छन् । कार्यसमितिको बैठक समेत बस्न नसक्ने कार्यसमितिमा रहेका उपसभापति लगायतका पदाधिकारीहरु के हेरेर बसेको भन्दै उनले बाटो खुला गरिदिन विगतदेखि नै माग गरिरहेका थिए ।
विगतमा पनि जनसम्पर्क समिति जापानमा विवाद थियो । तत्कालीन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य अर्जुन जोशीले यो विवाद मिलाउनका लागि निवर्तमान सभापति डीपी कँडेलले एक वर्ष र रोशन केसीले एक वर्ष नेतृत्व गर्ने भनि सहमति भएको थियो । कँडेलले एक वर्षको सहमति अनुसार सभापति हस्तान्तरण गरेका थिए भने केसीले ६ वर्ष बितिसक्दा पनि अधिवेशन गर्न चाहेका छैनन् ।
अझ उनले जापानको फुकोओकामा एउटै ठाउँमा २ ओटा कार्यसमिति बनाएर कांग्रेसको आदर्श, लोकतन्त्रको मूल्य मान्यताको धज्जी उडाएर बन्द कोठाबाट सिंगो जापानमा रहेका कांग्रेसी जनको मनोभावनालाई कुल्चेर संगठनलाई नै बन्धक बनाइराखेको आरोप पनि खनालले लगाएका छन् ।
सङ्गठनको बेइज्जत हुँदा पनि प्रकासशरण महत र आरजु देउवा राणाको आडमा उनीहरूको स्वार्थ पूर्ति नहुने बेलासम्म अधिवेशन नहुने पनि जापानका अन्य नेताहरु बताउँछन् ।
खनालले नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ताहरु चरम दास र अवसरवादी भएको पनि बताएका हुन् । उनले अब अधिवेशन नहुने हो भने जुझारु युवाहरु मिलेर अर्को कमिटी गठन गर्ने चेतावनी पनि दिएका छन् ।
उनले यस विषयमा नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको पनि ध्यानाकर्षण गराएका छन् । खनाल भन्छन् ‘युवाहरुको आवाज बुलन्द पार्न र परिवर्तनका लागि नेतृत्व तहमा गएका गगन, विश्वप्रकाश किन यस विषयमा बोल्दैनन् रु देउवाको डरले त होइन रु’
नेपाली कांग्रेस जनसम्पर्क समिति जापानको समयमा अधिवेशन सम्पन्न नहुँदा जापानमा रहेका काँग्रेका युवा नेताहरु अन्य पार्टीमा प्रवेश गरी प्रतिस्पर्धामा उत्रेको पनि उनले बताएका छन् । अब यस किसिमको गतिविधिले नेपाली कांग्रेस पार्टी धराशायी बन्ने र यसको जिम्मा लिन तयार भएर बस्न महामन्त्रीद्वयलाई समेत खनालले चेतावनी दिएका छन् ।