२८ जेठ, पाल्पा तानसेन वडा न ८ मदनपोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीपाल्पाले राजेन्द्र भण्डारीको सभापतित्वमा ११ सदस्य वडा कमिटि गठन गरेको छ । मदनपोखरामा आयोजित भेलाले भण्डारीको सभापतित्वमा ११ सदस्यीय वडा कमिटि गठन गरेको हो । वडा कमिटीको उप सभापतीमा लक्ष्मी बौडेल, सचिबमा सन्तोष पृथी, सदस्यहरुमा धन बहादुर सोमै,अम्बिका भट्टराई, टिकाराम चिदी, संजय सिं ठकुरी, दिपक सारु, दिपक सापकोटा, छबिलाल राना, सुजन भट्टराई, चयन भएका छन् । भेलाले नगर कमिटि सचिबमा राम प्रसाद घिमिरेलाई प्रस्ताव समेत गरेको छ ।
कार्यक्रममा नगर सभापति जिवन पाण्डेय, प्रदेश कोषाध्यक्ष दुर्गा अर्याल, प्रदेश सदस्य नारायण न्यौपाने, उप सभापति सुमन गैरेलगाएतले नवनिर्वाचित कमिटिलाई बधाई ज्ञापन गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीपाल्पाले आफ्नो संगठन विस्तार कार्यक्रम अनर्तगत शनिवार तानसेन ८ को वडा कमिटी गठन गरेको थियो ।













