पाल्पा – तानसेनमा जेठ १५ गतेबाट जारी कर्णेल उजिरसिंह पाल्पा गोल्डकप उपाधि रोड्स रामपुर चितवनले चुमेको छ । शनिबार भएको फाइनल खेलमा रोड्स चितवन रामपुरले २–० गोलले होराइजन फुटबल क्लब स्याङ्जालाई पराजित गरेको हो ।
फाइनल खेलको पहिलो हापको तीन मिनेट भित्रै चितवनका बिक्की चाम्लिङ राइले गोल गरेर चितवनलाई अग्रता दिलाएका थिय भने दोश्रो हापको चार मिनेटभित्रै पेनाल्टी पाएको चितवनलाई जित पक्का बनाउने मौका मिल्यो । दोस्रो गोल चितवनका बिक्की चाम्लिङ राइले नै गरेका थिय ।
उपाधि बिजेता चितवनले नगद तीन लाख रूपैया नगत साथै मेडल र प्रमाण पत्र वुझेका थिय र पाल्पाली करुवा समेत पुरस्कार प्राप्त भयकाे थियाे । उपबिजेता बनेको स्याङ्जाले एक लाख ५० हजारमा चित्त बुझाउनु पर्याे । म्यान अफ दि म्याच राई घोषित भए । उनले नगद तीन हजार पाए ।
विजेता र उपविजेता टोलीलाई तानसेन नगर प्रमुख तथा समापन खेलका प्रमुख अतिथि सन्तोषलाल श्रेष्ठ तथा फुटबल सङ्घका जिल्ला अध्यक्ष प्रणयजंग राणाले नगद सहित सम्मान गरे । नगरप्रमुख श्रेष्ठले पाल्पामा फुटबल खेलको सम्भावना भएपनि विभिन्न कारणले खेल सञ्चालन गर्न नसकेको बताए ।
जिल्लाको विभिन्न स्थानमा विविध खालका खेल प्रतियोगिता गर्न सकिने भय पनि सङ्घ र प्रदेश सरकारले सहयाेग नग्रदा कुनै खेल पनि राम्रो तरिकाले गर्न नसकियकाे उनले बताए । लुम्विनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले तानसेनमा रात्रीकालीन खेल गतिविधि सञ्चालन गर्न सकिने धारणा राखे । साथै उनले
तराईँका जिल्लामा गर्मी मौसममा खेल गतिविधि गर्न अप्ठेरो हुने तर तानसेनमा जुनसुकै समयमा खेल गतिविधि सञ्चालन गर्न सकिने उनकाे भनाई थियाे। खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । फाइनल खेल हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।













