पाल्पाको माथागढी गाउँपालिका स्वास्थ्य शाखा अन्र्तगत रहेको चिदीपानी आयुर्वेद अौषधालयले विद्यालय आयुर्वेद स्वास्थ्य योग शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । पालिकाको सबै माद्यामिक विद्यालयमा पुगेर उक्त प्रशिक्षणमुलक शिक्षा दिन गरिएको हो । आयुर्वेद र योग शिक्षाको विषयमा विद्यार्थीहरुलाइ प्रशिक्षित पार्ने काम भैरहेको अौषधालय प्रमुख अमृत भण्डारी जानकारी दिनुभयो ।
विद्यालयमा पुगेर विद्यार्थीलाई आयुर्वेद र योगका फाइदा र आफ्नै क्षेत्रमा उत्पादित जडिबुटी प्रयोगका वारेमा उक्त कार्यक्रम केन्द्रित रहेको उहाँको भनाई छ । सचेतनामुक कार्यक्रममा विशेष गरि घरेलुु जडिबुटीलाई महत्त्व दिन विशेष जोड दिएको छ । स्वास्थ्यको लागि हितकर वैज्ञानिक रुपमा समेत फाइदा हुने जनाएको छ । जेठ २ गते बहादुरपुरको धारादेवी मा बि ३ गते रहबासको सिद्धार्थ मा बि ४ गते गोठादीको सातपोखरी मा बि ५ गते हात्तीलुङ्गको हात्तीलुङ्ग मा बि ७ गते झडेवाको किसान मा बि ८ गते झडेवाकै रत्न मा बि ९ गते चिदीपानीको सौभाग्य मा बि ११ गते रूप्सेको कर्णधार मा बि र कसेनीको दिव्यज्योति मा बि लाई आयुर्वेद स्वास्थ्य र योग शिक्षाका विषयमा विद्यार्थीलाई स्वास्थ्य जानकारी दिएको थियोे ।
विद्यार्थीलाई स्वास्थ्य सम्बन्धि जानकारीमुलक प्रशिक्षण तथा तालिमले राम्रो हुने विद्यार्थीलाई योग आशानबाट हुने फाइदा र एलोपेथिक आयुर्वेद औसधि प्रयोग गर्दा स्वास्थ्यलाई हुने फाइदाका वारेमा वढि प्रशिक्षित पार्ने काम भएको सौभाग्य माध्यमिक बिद्यालय प्रधानाध्यापक कृष्णप्रसाद खनालको भनाइ रहेको छ ।
चिदीपानी आयुर्वेद अौषधालयको आयोजनामा माथागढी गाउँपालीकाका माध्यमिक विद्यालय स्तरिय आयुर्वेद स्वास्थ्य र योग शिक्षा र वाड/ वाडमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ।