
पाल्पा – पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा रुखबाट लडेर एक जना पुरुषको मंगलबार दिउँशो मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा लडेर घाइते भएका रैनादेवी छहरा–२, सर्देवाका ४७ वर्षीय डिलबहादुर बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको हो । उहाँको दुई दिनदेखि मिसन अस्पताल तानसेनमा उपचार भइरहेको थियो ।
दुई दिनअघि घाँस काट्न घर नजिकैको स्वामीको रुखमा चढ्नुभएका बुढाथोकी रुखबाट लडेर गम्भीर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।