
गिता भट्टराई
जेठ -९ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले अन्तर मा.वि. ( ९-१२) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।
प्रतियोगीतामा कालीगण्डकी गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए । सहभागीहरु मध्ये श्री भगवती नमुना मा. वि. प्रथम , श्री जनहित मा. वि. द्वितीय र विरेन्द्र मा. वि. जैपतेले तृतीय स्थान हासिल गरेको हो ।
प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई पुरस्कारस्वरुप नगद रु ५,००० र प्रमाणपत्र , द्वितीय हुने विद्यालयलाई नगद रु ३,००० र प्रमाणपत्र र तृतीय हुने विद्यालयलाई नगद पुरस्कार स्वरुप रु २,००० र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा प्रथमहुने विद्यालयलाई सामाजिक विकास कार्यलय स्याङ्जाले यहि जेठ १४ गते आयोजना गर्ने अन्तर पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा समेत सहभागी गराइने छ।