
मकवानपुर । बाग्मती प्रदेश सभाको निमन्त्रणामा हेटौंडा पुग्नु भएका लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगर ज्यु , माननीय उपसभामुख मेनुका खाड केसी ज्युको भ्रमण टाेलीले अन्तरप्रदेश सभा अनुभव आदानप्रदान तथा अन्तरक्रिया गरेको छ । बाग्मती प्रदेशका माननीय भुवन कुमार पाठक सचिब कृष्णहरि खड्का ज्यु लगायत सचिवालयका कर्मचारीले उहाँहरुलाइ स्वागत गर्नु भयो । अन्तरप्रदेश अनुभव आदानप्रदान कार्यक्रममा माननीय सभामुख घर्ती मगरले कानुन निर्माणमा प्रदेश स्थानीय तहसम्म जोडिन आवस्यक रहेको बताउनु भयो ।
अस्थिर राजनीतिले मुलुकको भबिस्यको राम्रो संकेत नमिलेको बताउनु हुँदै उहाँले मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित भएमा मात्र राजनितिक अस्थिरताको अन्त्य हुने बताउनु भयो । उहाँले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई हेर्न दृस्ठिकोण कै कारण संघीयता कमजोर हुने हो कि भन्ने चिन्ता लागेको बताउनु भयो । बाग्मती प्रदेशका माननीय सभामुख भुवन कुमार पाठकले ब्यवस्थाप्रति कुरा उठने गरि काम गर्नु बिडम्बनाको कुरा भएको बताउनु भयो । एउटा सहि नेतृत्वले मुलुकलाई आमुल परिवर्तन गर्न सक्ने तर ब्यवस्था प्रणालीमा आएको अबिस्वासले मुलुकलाई हित नगर्ने उहाँले बताउनु भयो । उहाँले अधिकार बिहिन संघीयता दीर्घकालीन हुन नसक्ने भएकाले त्यसको विषयमा भएका कमि कमजोरी समयमै सुल्झाउनु पर्नेमा जोड दिनु भयो ।
उहाँले राजनीति दल प्रतिको बिश्वासमा कमि आउन नदिन जनताको भावना र चाहनाको बारेमा गम्भीर भएर सोच्नु पर्ने बताउनु भयो । उपसभामुख मेनुका खाड केसीले भ्रमण अनुभव आदानप्रदानको दृस्टिकोणबाट हेर्दा फलदायी रहेको बताउनु भयो । बाग्मति प्रदेश सभाका सचिब कृष्ण हरि खडकाले बाग्मती प्रदेश सभाले हाल सम्म ७० कानुन निर्माण गरेको जानकारी दिनु भयो । लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुन मगरले लुम्बिनी प्रदेश सभामा भएको गतिविधिको बारेमा जानकारी दिनु भयो ।
