पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सामा टिपरले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गुल्मी छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका अन्दाजी ३०/३२ वर्षीय जीवन पन्तको मृत्यु भएको हो ।
पन्तले चलाएको मोटर साइकललाई टिप्परले एक्कासीठक्कर दिएपछि घाइते पन्थलाई प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाले तत्काल उपचारकालागी लुम्बिनी प्रदेश अस्पताल रुपन्देहीमा पठाएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बीरेन्द्र थापाले जानकारी गराएका हुन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।