
पाल्पा । उद्योग वाणिाज्य सघंको आयोजनामा भएको पाल्पा महोत्सव गत आइतबार सकिएको छ । बैशाख १४ गते देखी सञ्चालन भएको महोत्सव यहि आइतबार २४ सकिएको हो । १० दिन सम्म चलेको महोत्सवमा करिब ३ लाख दर्शकहरुले अवलोकन गरे भने करिब ८ करोड बराबरको कारोबार भएको सघंका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।
महोत्सवमा साना घरेलु उद्योग, तथा ठुला व्यवसायी र होटेल गरि करिब ३ सय स्टलहरु राखिएको महोत्सव प्रचार समितिका संयोजक विदुर घिमिरेले बताएका छन् । यस्ता मेला महोत्सवले देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने उहाँको विश्वास रहेको छ ।