नवराज ज्ञवाली
पाल्पा, सेवा नेपालकाे आयोजना र हेफर प्राेजेक्ट नेपालकाे सहयोगमा चारदिने सहकारी ब्यवस्थापन सम्वन्धि तालिम तानसेनकाे ह्याइटलेक हाेटलमा सम्पन्न भएको छ।
जिल्लामा संचालन रहेका सहकारी संस्थाहरूलाई सहकारी ब्यवस्थापनसंग रहेर जिल्लामा सक्रिय रहेका सहकारी संस्थाहरुलाई सहकारी ब्यवस्थापन सम्बन्धी तालिम दिएको हाे।
सहकारीको ब्यवस्थापन सम्वन्धि लेखा तथा वित्तीय प्रणालीलाई चुस्तदुरुस्त, पारदर्शी बनाई शुसासन कायम गर्ने उद्धेश्य सहित सहकारीमा वित्तीय क्षमता विकास गर्दै छरिएर रहेको पूँजी संकलन र परिचालनमा प्रविधीपक्षलाई बलियो बनाउँदै उद्यम विकास र स्वावलम्बन बन्नका लागि सहकारीका सदस्यहरूको आर्थिक उन्नती गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हाे।
तालिमकाे समापन कार्यक्रममा अध्यक्षता गर्दै सेवा नेपालकी केन्द्रीय अध्यक्ष पार्वती न्याैपानेले संस्थाकाे बारेमा जानकारी दिनुभयाे। उहाँले सेवा नेपाल सहकारी संस्थाहरूकाे साझा संस्था रहेको बताउँदै यस संस्थामा जाेडिन समेत अनुराेध गर्नुभयो ।
सहकारी संस्थाकाे सवलीकरण र ब्यापार प्लान
बनाउन सहयोग गर्दै आएको उहाँले बताउँनुभयाे।
समापन कार्यक्रममा अध्यक्ष न्याैपानेले सेवा नेपालमा अहिले देशभरका १७७ सहकारी सेवासंग जाेडिएकाे जानकारी दिनुभयो ।
कार्यक्रमकाे अध्यक्षता गर्नुहुदै उहाँले हामीले देश भरका सहकारी ब्यवस्थापनकाे बारेमा तालिम दिने र उत्पादनमा जाेडिन, उद्यमकाे विकास सदस्यहरू
लाई उद्यमी बनाउन र आत्मनिर्भर बन्नका लागि तालिम तालिम संचालन गरिरहेको बताउँदै उहाँले संस्थाकाे सदस्य बन्न र संस्थाबाट भएका कामकाे जानकारी दिनुहुदै भावी रणनीतिक याेजना र उद्धेश्य प्राप्तिका लागि संस्थाले गरेको कामबारे जानकारी दिदै शुभकामना दिनुभयो ।
सेवा नेपाल केन्द्रीय उपाध्यक्ष कमला भण्डारीले सहकारी ब्यवस्थापन तालिमकाे बारेमा बताउँदै
तालिममा यहाँहरूले सिकेको कुरालाई प्रभावकारी
बनाउन आफ्नो संस्था गएर सिकाउँनु पर्ने भन्दै याे
उपलब्धिपूर्ण सिकाइलाई यहाँहरूबाट महत्त्वपूर्ण
याेजना सहित सहकारीबाट कार्यान्वयन हुनेछ भन्ने विश्वास आफुले लिएको बताउँदै आत्मनिर्भर बन्न
आफ्नै उद्यम गर्नुपर्ने भन्दै शुभकामना दिनुभयो ।
एपेक्स बडी सवलीकरण परियोजना अन्तर्गत सहकारी ब्यवस्थापन सम्वन्धि तालिमकाे सेवा
नेपाल सहकारी सवलीकरण अधिकृत दीर्घमणि
पाेखरेलले प्रशिक्षण दिनुभएको थियो ।
सहकारी सवलीकरण अधिकृत पाेखरेलले सहकारी ब्यवस्थापनमा आवश्यक पर्ने नीतिनियम
साधारणसभामा निर्णय पुस्तिका लेखन र प्रस्तुत
गर्ने एजेन्डा, पदाधिकारीहरूकाे प्रगति प्रतिवेदन,
लेखा सुपरीवेक्षण समितिकाे प्रतिवेदन, लेखापरीक्षणका लागि नियुक्ति तथा पारिश्रमिक
ताेक्ने,सहकारीका ब्यवस्थापनका लागि ब्यवस्थापककाे भूमिका,ऋण लगानीमा ध्यान दिनुपर्ने कुराहरू बचतकाे महत्त्व ,खराब ऋणकाे
कसरी असुल गर्ने जस्ता विषयमा केन्द्रीत रहि
तालिम सहजीकरण गर्नुभएको थियोे ।
सहकारी ब्यवस्थापन तालिममा चालिस जना बढि सहभागीता रहेकोमा सहभागीहरूकाे तर्फबाट कार्यक्रममा बाेल्दै भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव नवराज ज्ञवाली र रम्भादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेकी ब्यवस्थापक कल्पना केसीले सहकारी ब्यवस्थापन तालिम निकै महत्त्वपूर्ण र उपलब्धिपूर्ण रहेको बताउँदै आफुहरूले तालिममा सिकेको ज्ञान आ-आफ्नो सहकारी संस्थामा गएर लागु गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियोे । भने कार्यक्रमकाे सेवा नेपाल सहकारी सहजीकरण अधिकृत कमल सापकोटाकाे ब्यवस्थापन एवं संचालनमा सम्पन्न भएको थियोे ।













