बिराट पहारी ,पाल्पा
शनिवार चर्चित गायक शिव परियारले हजारौ दर्शकको माझमा सयौं दर्शकलाई नचाउन सफल बनेका छन् । शनिवार १३ औ पाल्पा महोत्सवमा मुख्य आकर्षणको रुपमा प्रस्तुति दिएकाथिए । परियारले हावा हुरी आएता पनि दर्शकहरुले मन आफु र आफ्नो गीतवाट टाडा हुन दिएनन् ।
दर्शकहरु पनि नाच गान सहित गायकलाई साथ दिएरै बसेका थिए ।
यसले पनि थाहा हुन्छ की शिव परियार हरेक पाल्पालीको तनमनमा बस्न सफल छन् भन्ने कुरा ।
पछिल्लो समय चर्चामा रहेको ‘धोकेबाज हौ तिमी’बोलको गीत शिवले दर्शकको मागअनुसार धोकेवाज गीत दुइपटक गाउदा पनि दर्शकको हुटिङ र तालीले भने साथ छोडेनन् उनले आफ्ना गितहरुबाट दर्शकलाई भरपुर मनोरञ्जन दिलाए ।
शिव सङ्गै आजको महोत्सवमा लोक दोहोरी गायक दिपु मगर ,लोक दोहोरी गायक रुपेश कार्की ,लोक दोहोरी गायिका शकुन्तला गैरे लगाएतले आफ्नो दमदार प्रस्तुती राखेका थिए ।
विदाको दिन समेत परेको हुनाले आज हजारौ दर्शकहरु महोत्सव अवलोकन गर्न आएको पाल्पा यद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्राईले जानकारी दिनु भयो । साथै विभिन्न साँस्कृतिक नृत्यहरु समेत स्थानिय कलाकेनद्रको रहेको थियो । रामकृष्ण थापा र शितल शर्माको उद्घोषणले कार्यक्रममा थप रौनकता थपिएको थियो ।
भोलि मेलाको चौथो दिन पछिल्लो समयका व्यस्त गायक खेम सेन्चुरी ,पाल्पाली चर्तित रोइला गायक शिरीष देवकोटा, गायिका कालिका रोकाहा र ममता कोइरालाको प्रस्तुती रहने मेलाका साँस्कृतिक संयोजक भिम श्रेष्ठले जानकारी दिनु भयो। मेला बैशाख २४ गते सम्म संचालन हुने छ ।