भुवन रायमाझी
पाल्पा १२ बैशाख
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ बतासेमा रहेको श्री कालिका माविले आफनो स्वर्ण महोत्सवको उपल्यक्षमा रिब्दीकोट गाउँपालिका स्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको कार्यपालिका सदस्य सुनिल बस्याल, प्रअ यादव बहादुर कँवर, वडा सदस्य रुद्र बहादुर थापा, गाविस सचिव कमल ज्ञवाली,नारायण बहादुर लाम्टाङ्गे,शिव बहादुर कुँवर लगाएतका अतिथिहरुले बिधालयको उतरोत्तर प्रगतिको कामना गर्दै यस विद्यालयलाई नमुना विद्यालय बनाउन आफुहरु सधै तत्पर रहने प्रतिबद्धता समेत जनाएका थिए ।
उक्क्त हाजिर जवाफ प्रतियागितामा पहिलो स्थान शारदा मा।वि दोश्रो स्थान ज्ञानमाला मा.वि, तेश्रो स्थान नारायण मावि भएको थियो । विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । कालिका माविको स्वर्ण महोत्सव यही बैसाख १५ गते बिभिन्न कार्यक्रम सहित सम्पन्न हुने बिधालयले जनाएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोलख बहादुर कार्कीको अध्यक्षता तथा शिक्षक टेक बहादुरु विकको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













