बासुदेव ढकाल
बैसाख २, रामपुर पाल्पा
नेपाली सेनाको प्रथम ऐतिहासिक गोरखा–जितगढी मार्ग पदयात्राको टोलीलाई शनिबार पाल्पामा भव्य स्वागत गरिएको छ। गत चैत्र २९ गते गोरखा बाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखाबाट पश्चिम तर्फको मार्ग पछ्याउँदै पाल्पा आईपुगेको टोलिलाई जिल्ला समन्वय समिती अध्यक्ष टंक खनाल ,रामपुर नगर उपप्रमुख वालकुमारी थापा,प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, रामपुर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत लेखनाथ न्यौपाने ,जनप्रतिनिधि ,कर्मचारी , संघ संस्था सहितले केलादी घाटमा पन्चेबाजाको मङ्गल धुन संगै फुल माला लगाइ स्वागत गरेको थियो ।
नेपालको राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी ( श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा सहित स्याङ्जाको चापाकोट ६ साँखर हुँदै केलादी घाट बाट पाल्पा प्रवेश गरेको हो । टोलीलाई केलादीमा पञ्चेबाजा सहित फुलमालाले भव्यताका स्वागत गरिएको थियो । गोरखा बाट आएको ५५ जना नेपाली सेनाको टोलीलाई लखन थापा पार्क ,खोप्टार पाटि ,सदावर्त देबिस्थानमा पनि स्वागत सहित परिचयात्मक कार्यक्रम भएको थियो ।














