पाल्पा ,४ चैत्र
पाल्पामा घाँस काट्न भनेर निस्किएका एक व्यक्ति चार दिनपछि जंगलमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिका ४ धामखोलाका ६३ वर्षीय याम बहादुर सूर्यवंशी शनिवार बेलुका घर नजिकैको जंगलमा मृत फेला परेका हुन् । सूर्यवंशी गत चैत २८ गते घरवाट बिहान खाना खाई घाँस काट्न र काफल टिप्न जान्छु भनेर जंगल हिँडेका थिए ।
घरमा नफर्किए पछि खोजतलास गर्ने क्रममा ४ दिन पछि उनलाई खोल्सामा मृत अवस्थामा फेला पारिएको थियो । घटना सम्बन्धी थप अनुसन्धान भैइरहेको र उनको शव पोष्टमार्टमा लागि जिल्ला अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।














