बासुदेव ढकाल
चैत्र २४, रामपुर पाल्पा
रामपुरमा राजस्व सुधार कार्य याेजना तर्जुमा अभिमुखिकरण तथा कार्यशाला गाेष्टि सम्पन्न भएकाे छ । रामपुर नगरपालिका, पाल्पाकाे आयाेजना तथा अलाना ईन्टरनेशनल सर्भिसेष प्रालि काठमाडौकाे प्राविधिक सहयाेग र प्रदेश शुसासन केन्द्र लुम्बिनी प्रदेश, नेपालगन्जकाे सहयाेगमा उक्त गोष्टि भएकाे थियो ।
राजस्व परामर्श समितिका सम्याेजक तथा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाकाे अध्यक्षतामा भएकाे सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्याैपानेले सहभागिलाई स्वागत गर्दै कार्यक्रमकाे उदेश्य माथि प्रकाश पार्नु भएकाे थियो । कार्यक्रममा अलाना ईन्टरनेशनल सर्भिसेज प्रालिका टिम लिडर विके महर्जनले कर राजसव तथा कर र गैर कर जस्ता विषयमा सहजिकरण गर्नु भएकाे थियो ।
कार्यक्रममा मन्हुबाबु अधिकारीले राजस्व क्षेत्रकाेे विद्यमान लेखाजाेखा, वार्षिक नीति, जनशक्तिकाे क्षमता, करको दायरा, दररेट जस्ता विषयमा सहजीकरण गर्दै कार्ययाेजना समेत तयार पार्नुभएको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले हाल्सम्मका प्रयासको अनुवभ र केही सिकेर करको दर घटाउने र दायरा बढाएर अगाडी बढ्ने र कतिपय कानुनी समस्या समाधान गर्न कानुन बनाउने बताउनु भएको हो । कार्यक्रममा राजस्व परामर्स समितिका सदस्य एवं रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भाेजेन्द्र प्रकाश ढकालले कर तिर्न सरोकारवाला ब्यबसायी तयार भए पनि दोहोरो मारमा परेको गुनासो गर्नु भएको थियो ।
उक्त गोष्ठीको सन्चालन योजना प्रमुख बिक्रम बस्नेतले गर्नु भएको हो ।












