बासुदेव ढकाल
पाल्पा रामपुर २० ,चैत्र
प्रेस चौतारी नेपालको पहिलो भेला पाल्पाको रामपुरमा सप्पन्न भएको छ । भेलाले रस्मिता घिमिरे अध्यक्ष रहेको ९ सदस्यीय प्रेस चौतारी नेपाल रामपुर नगर शाखा गठन गरेको छ । भेलाले शाखाको उपाध्यक्षमा कला खनाल, सचीव मनोज भुजेल, सदस्यहरुमा प्रेमकान्छा राई मगर, माधव ढुङ्गाना, हेमकुमारी पौडेल, रमा श्रेष्ठ,सागर बस्याल,कल्पना भुजेललाई चयन गरेको हो ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले नेकपा एमालेको ग्रासरुट अभियान देशव्यापी रूपमा संचालन भइरहेको उल्लेख गर्दै यहि परिवेशमा प्रेस चौतारी नेपालले केन्द्र देखी नगर सम्म भएको कमिटी गठनका कार्यक्रमलाई महत्त्वपूर्ण का साथ लिएको वताउनु भयो । रामपुरको ऐतिहासिक भेलामा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले नवगठित कमिटीलाई शुभकामना दिदै देशमा भएका विभिन्न खाले परिवर्तनमा पत्रकारको भुमिका महत्वपूर्ण रहने वताउनु भयो । नव गठित प्रेस चैतारी रामपुर शाखा अध्यक्ष रस्मिता घिमिरेले शाखालाइ कृयाशिल बनाउने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा चौतारीका लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव ढकालले प्रेस चौतारी नेपाल नगर शाखा गठनको उद्देश्य र यसको प्रक्रियाबारे जानकारी दिनुभएको थियो । भेला प्रेस चौतारी जिल्ला सदस्य कृष्णप्रसाद पौडेलले स्वागत , प्रेस चौतारी नेपाल पाल्पा शाखा उपाध्यक्ष बन्दना पोख्रेलको अध्यक्षता तथा जिल्ला सदस्य शोभाकान्त पाठकको संचालनमा सम्पन्न भएको थियो ।













