बिकाश काफ्ले , पाल्पा १९ चेत्र।
पाल्पाको माथागढी गाउँपालीका १ चिदीपानीमा वडा कार्यालयले ब्यवसायिक बङ्गुर पालन गर्न प्रोत्साहन गर्ने उद्देश्यले प्रति व्यक्ती ३ वटाको दरले बङ्गुर बितरण गरेको छ।वडा कार्यालयको स्वरोजगार सहित आत्मनिर्भर बन्ने उद्देश्य अनुरुप आइतबार वडा अध्यक्ष राजकुमार पन्थीको रोहवरमा एक कार्यक्रमका बिच पुर्ण निःशुल्क बङ्गुर वितरण गरिएको हो। कृषकलाई स्वरोजगार बन्ने बनाउने अभिप्रायले ७ जना किसानले ब्यवसायिक फम अनिवार्य दर्ता गर्ने ब्यवसायिक बन्ने र समुदायलाइ आत्मनिर्भरको बाटोमा लाग्न प्रेरित गर्ने उद्देश्य अनुरुप निःशुल्क रुपमा बङ्गुर वितरण गरिएको हो।
बङ्गुर वितरण गर्दे बडा अध्यक्ष पन्थीले भौतिक पुर्वाधार बिकास सङ्गै हरेक नागरीकको अवस्था परिवर्तनमा लाग्नुपर्ने बताउनुभयो।अध्यक्ष पन्थी निर्बाचित भए पश्चात नै शिक्षा, स्वास्थ, कृषि क्षेत्रलाई बिशेष ध्यान दिदै आएका छन्। गत बर्ष नै पशु बिमा लागु गरि किसानको आत्मबल प्रदान गरेको कार्यक्रम यसबर्ष पनि निरन्तर्ता दिने समेत वडा कार्यालयले जनाएको छ।













