चैत्र १७ ,लुम्बिनी। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडियाको भूमिका खवरदारी गर्ने खालको हुनुपर्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलन(२०७९ को उद्घाटन गर्दै मन्त्री शर्माले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनको लागि पनि मिडिया क्षेत्रले भूमिका खेल्नुपर्ने भनाई राख्नुभयो । उहाँले सरकारले नागरिकलाई दिने सेवामा सुधार, ऐन कानुन निर्माण र सत्य निरुपण तथा मेलमिलापको कामलाई अगाडि बढाउने काममा लागि परेको पनि जानकारी गराउनु भयो । उहाले मिडिया तथा पत्रकारिता क्षत्रमा सरकारले गर्नुपर्ने कुराहरु के के हुन्, महिलालाई कसरी नेतृत्वमा ल्याउन सकिन्छ, गहन छलफल गरेर सुझाव दिन आग्रह गर्नु भयो । मन्त्री शर्माले दुरसञ्चार ऐनको अवधारणा पत्र स्वीकृत भई निर्माणका क्रममा रहेको पनि जानकारी गराउनु भयो ।
लुम्बिनीमा आयोजित राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता सुद्धिकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक संकट तथा पत्रकारितासंग सम्बन्धित कानुनका विषयमा प्यानलवाईज छलफल गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी गराउनु भयो । राष्ट्रिय मिडिया सम्मेलनमा १४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समिति तथा सल्लाहकारहरु, मिडिया क्षेत्रका विज्ञ, प्रतिनीधिमुलक रुपमा मिडियाका लगानीकर्ता र सरकारी निकायका प्रतिनीधिहरु गरी २५० जना भन्दा बढीको सहभागिता रहेको उहाँले जानकारी गराउनु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघले सञ्चालन गर्ने अभियानलाई यो सम्मेलनले दिशा निर्देश गर्ने अपेक्षा गरिएको बताउनु भयो। कार्यक्रममा महासंघका सल्लाहकाहरु महेन्द्र विष्ट, गोविन्द आचार्य, निर्मला शर्मा, लुम्बिनी विकािस कोषका उपाध्यक्ष भिक्षु मैत्तय, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलकराम आचार्य, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यस अवसरमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ९जुगल०, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरी, रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले महासंघले अगाडि सारेको सदस्यता सुद्धिकरणलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । कार्यक्रम महासंघका महासचिव रोषन पुरीको सञ्चालनमा भएको थियो ।













