जनक राज भट्टराई
चैत्र-३,पाल्पा। जिल्लाको शैक्षिक इतिहास बोकेको संस्था न्यु होराइजन मा वि मा कार्यरत शिक्षक कर्मचारीहरू को संस्था नव क्षितिज शिक्षक / कर्मचारी कल्याणकारी कोष´´पाल्पाको नवौं अधिबेशन तथा वार्षिक साधारणसभा सम्पन्न भएको छ। सस्थापक अध्यक्ष डासुराम पन्थ को प्रमुख आथित्यमा सम्पन्न अधिबेशन ले चतुर्भुज नेपालको अध्यक्षतालाई निरन्तरता दिदै ९ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षतमा किशोर खनाल , सचिव मनोहर थापा र कोषाध्यक्षमा निर्मल बस्याल लाई चयन गरेको छ ।
विद्यालयमा कार्यरत कर्मचारी को संयुक्त सेयर मा २०६३ सालमा स्थापना भएको कोषको आगामी २ बर्ष को लागि पुर्न निर्वाचित अध्यक्ष नेपाल ले आफुले सधै सहकार्य र समन्वयबाबाट अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।
कोषाध्यक्ष निर्मल बस्यालले आर्थिक गतिविधि प्रस्तुत गदै सँस्थाले आर्थिक बर्ष २०७८-७९ मा ४५ लाख बराबर को कारोबार गरेको बताउनु भएको लगानी थियो । कार्यक्रम को उद्घाटन गर्दै प्रमुख अथिती पन्थले विद्यालय मा कार्यरत शिक्षक कर्मचारी को आर्थिक सहयात्री को रूपमा रहेको यो सस्थाले सेयर सदस्य को बचत गर्ने बानीको बिकास गरेको बताउनुभयो । ४६ शेयर सदस्यले मासिक १००० आफ्नो तलब बाट काटेर जम्मा गर्दै गर्दा सस्था आज यहाँ सम्म आइपुगे को सस्थापक भेषराज सुवेदी ले बताउनुभयो ।पुर्व अध्यक्ष तथा सल्लाहकार चन्द्रकान्त न्यौपाने तथा कृष्ण प्रसाद ज्ञवाली ले नवनिर्वाचित कार्यसमिति लाई शुभकामना दिदै सस्थाको प्रगति को शुभकामना दिनुभयो ।उपाध्यक्ष किशोर खनाल को स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रम सस्थाका सचीव मनोहर थापाले सञ्चालन गर्नु भएको थियो ।













