बासु देव ढकाल रामपुर -पाल्पा चैत्र ३
नव बर्ष २०८०को अवसरमा तालपोखरा बिशेष कार्यक्रम हुने भयकोछ । नेपाल सरकार ले घोषणा गरेको १ सय पर्यटकीय गन्तव्य स्थलमा सुचिकृत पाल्पा रामपुरको तालपोखरामा नया बर्श २०८० को अवसरमा आउदो बैसाख १ र २ गते दुई दिन तालपोखरा बिशेष कार्यक्रम आयोजना गरिएको आज पत्रकार भेटघाट कार्यक्रम गरि आयोजकले जानकारी गरायको छ ।
पर्यटकीय गन्तव्य स्थल तालपोखराम आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्ने र नया बर्श विशेष रुपमा मनाउन दुई दिने तालपोखरा विशेष कार्यक्रम आयोजना गरिएको तालपोखरा संरक्षण समिति अध्यक्ष भरत राज देवकोटाले जानकारी दियकाछ्न । तालपोकराको सौन्दर्यमा रमाउन पाइने, जलयात्रा डुङ्गामा सयल तथा चर्चित रास्ट्रइय कलाकारको रमाइलो प्रस्तुति, विविध सास्कृतिक कार्यक्रममा रमाउन पाइने कार्यक्रमको आकर्षण रहने अध्यक्ष देवकोटाले जानकरी गराउनु भयको छ ।
तालपोखरा संरक्षण समिति अध्यक्ष भरत राज देवकोटाको अध्यक्षता, उपाध्यक्ष मित्रा ढकालको स्वागत र सदस्य जनक भन्डारिको सचालनमा भयको पत्रकार भेटघाटमा रामपुरमा कृयाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।













