फागुन १७, बुटवल । पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा बुटवलका बिभिन्न संस्थामा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको छ । हालै सम्पन्न अधिबेशनबाट निर्वाचित पश्चिमान्चल पेट्रोलियम डिलर्स एसोसिएसन र यातायात मजदुर तथा ब्यबसायी भलाई कोषका अध्यक्षसहित पदाधिकारीहरुलाई
सम्मान गरिएको हो । पश्चिमान्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरे र यातायात मजदुर तथा ब्यबसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल लगाएतलाई एक कार्यक्रमकाबिच सम्मान गरिएको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ ।
प्रालिका अध्यक्ष दधिराम खरेल र पुर्वअध्यक्षहरु दामोदर ज्ञवाली, तुलसीराम बन्जाडे, सुरेन्द्रमान श्रेष्ठ लगाएतले नवनिर्वाचित अध्यक्ष गैरे र फूल्लेललाई सम्मान गरेको प्रालिले जनाएको छ । सो अवसरमा बोल्दै प्रालिका अध्यक्ष खरेलले यातायात ब्यबसायी तथा मजदुृरहरुका समस्या समाधानका लागि सरोकारवाला संस्थामा आवद्ध ब्यबसायी तथा मजदुरहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरेले यातायात ब्यबसायसँग सम्बन्धित समस्याहरु समाधानका लागि सरकार उदासिन बन्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन ।
भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले यातायात सम्बन्धी नितिहरु परिमार्जनका लागि आग्रह गर्दै धरासायी बन्दै गैरहेको ब्यबसायलाई प्रबद्र्धन गर्न सरकारले तदारुकता देखाउन आवश्यक रहेको चर्चा गरेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालीका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेल, प्रालिका पुर्व अध्यक्षहरु दामोदर ज्ञवाली, तुलसीराम बन्जाडे, सुरेन्द्रमान श्रेष्ठ, प्रबन्धक रामचन्द्र भुसाल लगाएतले यातायात मजदुर
तथा ब्यबसायीका समस्याहरु र समस्या समाधानका उपायहरुका बारेमा चर्चा गरेका थिए ।













