खिम क्षेत्री , फागुन १६,पाल्पा । जिल्ला प्रशासन कार्यालय अगाडी लघुवित्त संस्थाहरुको ज्यादती विरुद्धमा पिडितहरुले विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गरेका छन् । बैङ तथा वित्तिय संस्थाहरुको चर्को ब्याजका कारण आफुहरुको दैनिक जिवन स्तरमा ठूलो समस्या झेल्नु परेको बताएका छन । सुरुको समयमा लघुवित्तमा आवद्ध व्यक्तिहरुको संख्यामा वृद्धि गर्नको लागी विभिन्न सहुलिएतको व्यवस्था देखाई फकाई फुल्याई गरियो तर पछि गएर त्यस अनुसारको सुविधा दिएको पाइएन । समयमा किस्ता तथा ब्याज नतिर्दा लघुवित्त संंस्थाहरुले घरमै गएर ज्यादती गर्ने सुरुमा यति प्रतिशत ब्याजदरले ऋण उपलब्ध गराउने भनेर ऋण दिइन्छ पछि गएर एक्कासी ब्याजदर बढाएर पैसा उठाउन आउने गरेको स्थानीयले गुनासो गरेका छन् ।
लघुवित्त संस्थाहरुमा आवद्ध व्यक्तिहरुले आफुले गरेको बचत फिर्ता माग्दा समेत नदिएको र संस्थामा आवद्ध व्यक्तिहरुले ज्यादतीको कारण आफुहरु मर्न पर्ने अवस्था समेत आएको स्थानीय नरबहादुर बुचाले वताउनु भयो । पिडितले सरकार सँग विभिन्न मागहरु जस्तैः नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर, लघुवित्त संस्थाहरुद्धारा लगाईएको सामुहिक ऋण मिना गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर र समाजवादी अर्थतन्त्रको विकास गर भन्ने रहेको थियो। विरोध पर्दशन लघुवित्त संस्था विरुद्धको संघर्ष समिति, केन्द्रिय समिति पाल्पाले गरेको हो । देशव्यापी नै बैङ तथा लघुवित्त संस्थाहरुले आम नागरिकको अवस्थालाई नबुझि जनताहरुलाई पिडा दिइराखेको पनि बताए ।













