बासुदेव ढकाल
पाल्पा रामपुर , ३ फागुन
पाल्पाको रामपुरमा पहिलो पटक अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नवलपुर, नवलपरासी, रुपन्देही ,गुल्मी , पाल्पा, स्याङ्जा ,तनहु ,पर्वत, कास्की, बाग्लुङ गरि १० जिल्लाको सहभागीता रहेको छ ।
खेलको प्रदेश खेलकुद परिषद सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन् गर्दै खेलकुद भित्र नितिगत समस्या रहेको जानकारी गराउदै स्थानीय सरकारले खेलकुदलाई वर्गीकरण गर्नु पर्ने र खेलकुद तर्फ पनि विशेष ध्यान दिनु पर्ने वताउनु भयो । सदस्य सचिव भट्टराईले
राष्ट्रपती रनिङसिल्ड खेल औपचारिक मात्र नभै खेलको बिकास गर्दै राष्ट्रलाई देश बिदेशमा समेत पहिचान वनाउन सकिने बताउनु भयो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्षले उद्योग ब्यापारको प्रबर्द्धनका साथै खेलकुद प्रबर्द्धनको लागि पनि सहयोग गर्ने बताउनु भएको छ ।
जिल्ला भलिबल संघकाकोअध्यक्ष राजु गुरुङले रामपुरमा खेलको सम्भावना र पारखी भएकोले खेलआयोजना गरिएको बताउनु भयो ।
तेस्रो रामपुर महोत्सव तथा ब्यापार मेला २०७९ को अवसर फागुन ७ गतेसम्म हुने खेलमा प्रथम पुरस्कार १ लाख ५१ हजार १ सय रुपैया , दोस्रो पुरस्कार १ लाख १ हजार १ सय ११ रुपैयाँ ,तेस्रो पुरस्कार ५१ हजार १ सय एघार रुपैयाँ र सान्त्वना २५ हजार १ सय ११ रुपैयाँ मेडल र प्रमाणपत्र रहेको छ ।
जिल्ला भलिबल संघ पाल्पाको आयोजना , सह आयोजना नगर खेलकुद विकास समिति , व्यवस्थापक रामपुर भलिबल संघ रहेको खेलको मुख्य प्रायोजक रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाको रहेको छ ।
उद्घाटन खेलमा आज नवलपुर र पाल्पा जिल्ला बिच भएकोमा नवलपुरले लगातार दुई सोझो सेट्मा पाल्पालाइ पराजित गरि सफलता हात पारेको छ । महोत्सव परिसर रामतुल्सी नमुना मा बि खेल मैदान मा भयको उद्घाटन कार्यक्रम जिल्ला भलिबल संघकाकोअध्यक्ष राजु गुरुङको अध्यक्षता , नगर खेलकुद विकास समिति अध्यक्ष कमल सेनको स्वागत र पत्रकार महासंघ पाल्पा जिल्ला सदस्य दुर्गेश मल्लको सन्चालनमा भएको थियो ।













