

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।
लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौँबाट नेपाल नागरिकता नियमावलीको नियम ११ बमोजिम तोकिएको सर्त पुरा गरी विधिवत निवेदन दिई पुनः नेपाली नागरिकता पाएका हुन् ।
आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको रास्वपाका प्रवत्ता डा.मुकुल ढकालले जानकारी दिनु भएको छ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।