रामपुर पाल्पा माघ १४, जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब तथा भलिबल प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ । माघ ७ गते देखि सुरु भएको बिबिध कार्यक्रममा पुरुष भलिबलमा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा न ४ को समूह प्रथम भएको हो । चापाकोट ४ को समुहले रामपुर नगरपालिका वडा न ३लाई सोझो ३ सेटमा जित हासिल गरि रामपुर ३ उपबिजेताबन्न सफल भएको छ ।त्यस्तै गरि स्याङ्जा जिल्ला हरिनास ६ तेस्रो भएको छ ।
त्यस्तै महिला भलिबल तर्फ रामपुर १ प्रथम र आयोजक समूह दोस्रो भएको छ ।
पुरुष भलिबल तर्फ बेस्ट सेटर आकास सारु ,बेस्ट स्पाइकर अम्मृत ठकुरी बेस्ट कुइकर आकास सिवाकोटी ,बेस्ट बलकर तर्फ सङगम मानन्धर ,बेस्ट पोलेयर बिबस पुलामी ,बेस्ट लिब्ब्रो आशिष् थापा भएका छन।
महिला तर्फ बेस्ट स्पाइकर अस्मिता थापालाई चयन गरिएको आयोजकले जानकारी गराएको छ।
त्यस्तै दोस्रो बार्षिक उत्सबको अबसरमा
हाजिर जवाफमा प्रतियोगिता सम्पन्न भएको छ । हाजिरजवाफ प्रतियोगितामा प्रथम सक्षम अर्याल ,द्धितिय बिजय पाठक र तेसो सुदिप रेग्मी र अन्किता श्रेष्ठ भएका छन ।
।
प्रतियोगिताको राशी पुरुष तर्फ प्रथम पुरस्कार ५० हजार , दोस्रो ३० हजार र तेस्रो १५ हजार रहेको छ भने , महिला तर्फ प्रथम पुरस्कार २०हजार र उपबिजेता १० हजार रहेको छ । दुर्गा मन्दिर बिजयपुर खेल मैदानमा भएको खेलको अन्तिम दिन नगर प्रमुख रमण बहादुर थापाले पुरस्कार बितरण गर्नु हुँदै खेलकुदमा नगरपालिकाले सदैव प्राथमिकता दिने बताउनु भयो । प्रमुख अतिथी रामपुर नगरपालिकाका नगरप्रमुख । उहाँले क्लबको सफलता सङै खेलले सबैमा अनुसासन हुन सिकाउने बताउनु भएको छ । क्लबका अध्यक्ष राजन आलेको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सुदिप गैरेले गर्नु भएको थियो ।













