पाल्पा, माघ १२
पाल्पामा टिप्पर दुर्घटना हुदा टिप्पर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्गजा गल्याङ्ग नगरपालिका १ राम्दीका २२ बर्षिय सरोज न्यौपानेको मृत्यु भएको हो।
सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका ५ केराबारी नजिकै पाल्पाबाट बुटवल तर्फ जादै गरेको ना ८ ख ७९२४ नम्बरको टिप्पर गएराती करिब साढे ११ बजे दुर्घटना भई सडकबाट करिब १३ सय मीटर तल खसेको थियो ।
दुर्घटना पश्चात खोततलास गर्ने क्रममा न्यौपानेको शब आज बिहान करिब पौने ८ बजेको समयमा तिनाउ खेलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।













