अर्घाखाँची
विराट पहारी
उद्योग बाणिज्य संघ अर्घाखाँचीको आयोजनामा संचालन पाँचौं अर्घाखाँची महोत्सव २०७९को समुद्घाटन भएको छ । कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार भन्ने मुल नाराका साथ सुरु भएको १४ दिने मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कुरा भएपनी पछि विविध कारणवस पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रायमाझीले मेलाको उद्घाटन गर्दे देशको राष्ट्रिय राजनिति अवस्था अहिले पनि स्थिर नभएको वताए । राज्य व्यवस्थामा परिवर्तन भएता पनि अवस्था उही पुरानै रहेको रायमाझीको भनाई थियो ।
महोत्वस १४ दिन सम्म संचालन हुने र महोत्सवमा स्थानिय उत्पादन देखि स्थानिय कला संस्कृतिको समेत प्रस्तुती रहने उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले जानकारी गराएका थिए। यस महोत्सवले आन्तरीक तथा वाह्य पर्यटक समेत भित्राउन मद्त पुग्ने मिश्रले जनाए ।
कार्यक्रमको उद्घाटन सत्रमा बाजागाजा सहित प्रभातफेरी संगै विभिन्न झाँकी र्याली, सांस्कृतिक नाच, खेल प्रदर्शनी गरिएको थियो ।













