माघ ६_लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्नुभएको छ हिज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिनुभएको हो । नेपालको संविधानको धारा १८८ को उपधारा(१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम(४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिनुभयो । ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन । मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाजवादी १ र २ स्वतन्त्र सांसदहरुको सहित ५७ जनाले पक्षमा मतदान गरेका छन् ।
नेकपा माओवादी संसदीय दलका नेता जाेखबहादुर महराकाे आमाकाे निधन भएपछी उहाँ उपस्थित हुनुभएन । सभामुख तुलाराम घर्ती पनि मतदानमा सहभागी हुनुभएन । जसले गर्दा विश्वासकाे मत ५७ र विपक्षमा २८ मत खस्याे । सरकार गठनमा पक्षमा नरहेकाे एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य भगवती घिमिरेले विश्वासकाे मत भने मुख्यमन्त्र गिरीलाइ दिनुभयो । मख्यमन्त्रीको विपक्षमा नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरेका छन् । सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका छन् ।
मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्तमानेमा विश्वासको मतका लागी प्रदेश सभा समक्ष प्रस्ताव राख्ने सक्ने प्राब्धान संविधानमा छ । मुख्यमन्त्री लिला गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।‘प्रदेशको समृद्धि र विकास हामी सबैको साझा लक्ष्य उद्देश्य हुन । त्यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु’ उहाँले,‘सबै दललाई मिलाएर अघि बढने बताउनुभयो ।’विहीबार बसेको प्रदेशसभाको चोथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री गिरीको पक्षमा ५७ मत र विपक्षमा २८ मत परेको थियो ।













