५ माघ, काठमाडौं ।
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत खसेको र विपक्षमा १०० मत परेको थियो ।
प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहेका थिए । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरु अमरेश कुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका हुन् ।













