३ माघ पाल्पा
पाल्पाको तानसेनमा एकदिने खाना महोत्सव हुने भएको छ। तानसेनको मखनटोलमा आउदो माघ २०गते हुने सडक महोत्सव संयोजक प्रबिता शाक्यले बताउनु भयो।तानसेन नगरपालिका वार्ड नं ४ को आर्थिक सहयोग र मखनटोल टोल विकास संस्थाको समन्वयमा संचालन हुने र विगत १० वर्ष देखि मनाउदै आएको उक्त महोत्सवले भने पछिल्ला २,३ वर्ष यता कोभिडं १९को कारणले गर्दा निरन्तरता पाउन नसकेको र अहिले समय परिस्थिति अनुकुल रहेकाले महोत्सव पुन संचालनमा ल्याउन लागिएको हो। उक्त महोत्सवमा विभिन्न जातजातिका खानाको परिकारहरु र छिमेकि पालिकाका कृषिजन्य वस्तु साथै विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गराइने छ ।
७० वटा स्टल रहने महोत्सवमा विशेष गरेर स्थानिय उध्यमशिल महिलाहरुलाइ स्टल भाडामा दिने भएको छ। महोत्सवमा आन्तरिक र बाह्य गरि पाँच हजार पर्यटक उपस्थिति गराउने र २० लाख देखि २५ लाख को कारोबार हुने अपेक्षा गरिएको छ ।मखनटोल टोल विकास संस्थाकि अध्यक्ष प्रमिला कार्कीले महिला सचेतना सशक्तिकरण तथा नेतृत्व क्षमताको अभिवृद्रिृ गर्दै टोल तथा नगरमा स्थानिय परम्परागत खाना तथा सँस्कृतिलाइ पहिचान दिलाउने मुख्य उदेश्यका साथ खाना महोत्सव गर्न लागिरहेको जानकारि दिनु भयो ।













