पाल्प, २९ पुस
रिब्दिकोट ६ मा अकबरे खुर्सानी गोडमेल ,काट्छाट,र खाद्यत्व ब्यवस्थापन छ्लफल कार्यक्रम सम्पन्न भएको छ। रिब्दिकोट गाउपालिकाको आर्थिक सहयोगमा आर्थिक समृद्धिकोलागि साझेदारी कार्यक्रम र रिब्दिकोट कृषि तथा पसु उद्यमसिलता बिकास परियोजना अन्तर्गत ग्रामीण आर्थिक बिकास संघ (रेडा)पाल्पाको आयोजनामा कार्यक्रम भएको हो । वार्ड अध्यक्ष प्रकाश जङ रायमाझीको अध्यक्षता ,रिब्दिकोट गाउपालिका कृषि शाखा संयोजक रन्जिव कुवंरको प्रमुख आतिथ्यता, प्रदीप खड्काको विशिष्ट आतिथ्यता तथा भीष्म नेपाल,खिमा खड्का, शम्भु नेपाल, इन्द्र जङ रायमाझीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो। छ्लफल कार्यक्रममा अकबरे खुर्सानीका प्रकार, रोग नियन्त्रण , मल ब्यवस्थापन , बीउ उमार्ने समय, घरेलु बिषादी प्रयोग , अकबरे खुर्सानी काट्छाट् गर्ने विषयमा छलफल गरिनुका साथै कृषकलाइ अकबरे काट्छाट गर्न समेत सिकाइएको थियो। १ दिने कार्यक्रमको प्रशिक्षण प्रदीप खड्काले गर्नु भएको किरण रायमाझीले जानकारी दिनुभयो ।













