पाल्प – माथागढी गाउँपालिका वडा नं. १ चिदीपानी स्थायी बसोवास भई काठमाण्डौंमा बस्दै आउनुभएका चिदीपानी बासीसँग विकास निर्माणबारे छलफल गरिने भएको छ ।
विभिन्न पेशा, व्यवसायको सिलसिलामा काठमाण्डौं बस्दै आउनुभएका महानुभावहरुसँग माथागढी, १ चिदीपानीको समग्र विकास निर्माण, भावी कार्यक्रमहरु बारेमा छलफल गर्ने वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।
पन्थीका अनुसार आगामी दिनमा योजना बनाउने, विकास निर्माण र समग्र विकासमा चिदीपानीबाट विभिन्न क्षेत्रमा कार्यरत विज्ञहरुसँग सल्लाह र सहयोगको लागि अन्तरक्र्रिया कार्यक्रम राखिएको हो।
यही ३० गते काठमाण्डौं जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम हुने वडा अध्यक्ष पन्थीले जानकारी दिनुभयो । वडा कार्यालयको आयोजनमा हुने भेलामा मन्त्रालयका सचिव, प्रशासनीय क्षेत्रका प्रमुख तथा विज्ञहरुको समेत उपस्थिति रहने छ ।