

पाल्पा – पाल्पा उद्योग वाणिज्य संघको १६ औं अधिवेशनबाट अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । संघको अध्यक्षमा सहमति हुन नसकेपछि सोमवार निर्वाचन भएको थियो । अरु सबै पदमा निर्विरोध र सहमति भएपनि अध्यक्ष, उद्योग उपाध्यक्ष र २ सदस्य पदमा सहमति नहुँदा निर्वाचन नै गर्नुपर्ने अवस्था आएको हो । अध्यक्ष पदमा निवर्तमान महासचिव शैलेन्द्र भट्टराई र निवर्तमान कोषाध्यक्ष राजिव श्रेष्ठको वीचमा प्रतिष्पर्धा भएको थियो । भट्टरार्इले ६४१ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टंक प्रसाद भट्टराईले जानकारी दिएका हुन् । भट्टराईका निकटतम प्रतिद्वन्दी राजिव श्रेष्ठले २ सय १ मत प्राप्त गरेका थिए भने २ मत बदर भएको निर्वाचन समितिले जनाएको हो ।
यस्तै संघको उपाध्यक्ष तर्फ वाणिज्य उपाध्यक्षमा भीम बहादुर श्रेष्ठ निरविरोध भएका हुन्। भने उद्योग उपाध्यक्षमा उत्तम कुमार बज्राचार्य र रमेश राज बज्राचार्यको विच भएको चुनावमा उत्तम कुमार बज्राचार्य विजयी भएका छन् । बज्राचार्यले १०७ र उनका प्रतिस्प्रधी रमेशराज बज्राचार्य ४० मत पाएका थिए भने १ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको हो ।
यस्तै क्षेत्र नं ११ मा दुइ जना सदस्यको लागी तीन जनाको उम्मेद्वारी परेपछि यहाँ पनि सहमति हुन नसक्दा निर्वाचन भएको थियो । ६० जना सदस्य रहेको यि क्षेत्रबाट सदस्यमा कमल पाण्डे, लक्ष्मण बस्याल विजयी विजयी भएका हुन् । भने हलिम दिन मियाँ पराजित भएका थिए । यस क्षेत्रमा पाण्डेले ३३ बस्यालले ३२ र मियाले २५ मत पाउनुभयो भने ५ मत बदर भएको थियो ।