पाल्पा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पाल्पामा नेकपा एमाले पहिलो भएको छ । क्षेत्र नं.२ वाट प्रतिनिधिसभा र क्षेत्र नं. १ मा प्रतिनिधिसभा र प्रदेशसभामा गरि ३ जना एमालेकै उम्मेदवार बिजयी भएका हुन ।
क्षेत्र नं. २ मा प्रतिनिधिसभामा एमाले र प्रदेशसभामा एउटामा कांग्रेस र अर्कोमा एकीकृत माओवादीका उम्मेदवार बिजयी भए ।
प्रतिनिधिसभा तर्फ पाल्पामा नेकपा एमालेले समानुपातिकमा ५० हजार १ सय २३ मत पाएको छ । नेपाली काग्रेंसले ३७ हजार ९ सय ७९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८ सय १३ मत, नेकपा माओवादी केन्द्रले ५ हजार ७ सय ९१ मत, मंगोल नेशनल अर्गनाइजेशनले ३ हजार १ सय ९८ मत, नेकपा एकीकृत समाजवादीले १ हजार ६ सय ९९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ५ सय ४२ मत, राष्ट्रिय जनमोर्चाले ६३२ मत, राष्ट्रिय जनमुक्ति पार्टीले ५ सय ४० मत, जनमत पार्टीले १ सय ३० मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत रुक्मागत अर्यालले बताउनुभयो ।
कुल २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा प्रतिनिधि सभा तर्फ १ लाख २१ हजार ५ सय ९७ मत खसेको थियो भने ३ हजार ५ सय ४५ मत बदर भएको छ ।
प्रदेशसभा पनि एमाले पहिलो
प्रदेशसभामा पनि एमालेले नै धेरै मत ल्याएको छ । नेकपा एमालेले ५५ हजार ३ सय ६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ३९ हजार ८ सय ६८ मतका साथ दोस्रो दल भएको छ । नेकपा माओवादी केन्दले ८ हजार २ सय १६ मत,मंगोल नेशनल अर्गनाइजेशनको ३ हजार ९ सय ५ मत, नेकपा समाजवादीले ३ हजार ७ सय ४० मत, राप्रपा ३ हजार १५ मत, राष्ट्रिय जनमोर्चाको १ हजार ३३ मत, राष्ट्रिय जनमुक्ति पार्टीको ७ सय ४८ मत रहेको छ । त्यस्तै
हाम्रो नेपाली पार्टीको ४ सय ९४ मत, जनमत पार्टीको २ सय ४९ मत, जनता समाजवादी पार्टीको २ सय ४२ मत, नेपाल आमा पार्टीको १ सय ७७ मत, नेकपा माक्र्सबादी लेलिनबादीको १ सय ४८ मत, जनसमाजवादी पार्टीको १ सय ६ मत रहेको छ । २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा प्रदेश तर्फ १ लाख २२ हजार ४ सय ४२ मत खसेको थियो ।
(पाल्पा समाचार पत्रको सहयोगमा)













