पाल्पा ५ मंसिर
पाल्पा क्षेत्र नं.१मा पनि मतगणना सुरु भएको छ । दिउसो ३:०० वजे देखि सुरु गरिने भनिएको मतगणना साझ ६ः०० वजे पछि मात्र सुरु भएको हो । क्षेत्र नं.२को भने आज दिउँसो ४ः३० वजे देखि मतगणना सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार क्षेत्र नं. १ को रामपुरस्थित मालपोल कार्यालय र क्षेत्र नं.२ को तानसेनस्थित बाल मन्दिरमा मतगणना भैरहेको छ ।
पहिलो चरणमा क्षेत्र नं.१ को निस्दी गाउँपालिका वडा नंं. १ र २ तथा क्षेत्र नं. २ को बगनासकाली गाउँपालिका वडा नं. १ को मतदान केन्द्रमा झरेको मतको गणना भएको हो । अहिले सम्म कुनै क्षेत्रमा नतिजा सार्वजनिक गरिएको छैन् । दुवै क्षेत्रको प्रत्येक वडाको गणना सकिएपछि मात्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताए ।













