पाल्पा ५ मंसिर
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को पाल्पा क्षेत्र नं.२ को मत गणना सुरु भएको छ । दिउसो ४ः३० वजे वाट सवै व्यवस्थापन मिलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र प्रदेश सभा सदस्यको गणना सुरु भएको हो । तानसेन ९ दमकडा र बग्नासकाली १ वाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत कमल राज विष्टले जानकारी दिनु भएको छ । क्षेत्र नं.१को भने अहिले सम्म मत गणना सुरु हुन सकेको छैन् ।













