पाल्पा ५ मंसिर
पाल्पा क्षेत्र नं.२ को गणना अन्तरगत पहिलो नतिजा सार्वजनिक भएको छ। बगनासकाली गाउँपालिका वडा नं. १ को गणना सम्पन्न भएको हो । तानसेनस्थित बाल मन्दिरमा भएको गणना अनुसार प्रत्यक्षमा कलममा, ८१५ , सूर्यमा ८०८, कुखुराको भालेमा ४३१ ,घण्टीमा १७६, छातामा १०, कैचीमा १ खुकुरी क्रसमा २१, तिरमा ८, घरमा २५, तारा २ मत प्राप्त गरेका छन् । सो वडामा कूल खसेको मत मा दुई हजार ३८३ मत खसेको थियो ।













