सुमन कार्की
पाल्पा ३ मंसिर
यहि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकालागी हुने निर्वाचनमा पाल्पा जिल्लामा रहेका सवै मतदान केन्द्रमा निर्वाचनको तयारी पुराभएको छ ।
२ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचनकालागी पाल्पामा सम्पन्न गर्न १ हजार ९ सय ७२ कर्मचारी र ७ सय ९ जना प्रहरी र १ हजार २ सय १५ म्यादी प्रहरी खटिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख रुक्मागत अर्यालले ११८ मतदान स्थलमा तयारी पुराभएको वताउनु भयो ।
यसै विच पाल्पामा नमुना मतदान केन्द्रको रुपमा तानसेन वडा नं.२ मा सवै महिला कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् । मतदानमा खटिएका कर्मचारीले निर्वाचनलाई स्वच्छ निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सवै तयारी पुरागरेका छन् । वुथ निमार्ण, सवै खाले मतदाताहरुको लागी छुट्टा छुटैलाईन वस्ने स्थल निमार्ण, निषेधित क्षेत्र, लगाएतका स्थल निमार्ण साथै विभिन्न आचार समिताका व्यानर पम्पलेट टास पुरा गरेका छन् । जिल्ला निर्वाचन आयोग पाल्पाले एउटा नमुना मतदानकेन्द्र वनाउनै भनेर महिला कर्मचारीहरुमात्र त्यस केन्द्रमा खटाएको हो ।
नमुना मतदानकेन्द्र रहेको पाल्पा तानसेन २ रेडक्रसको निर्वाचन अधिकृत मिना ढकालले सवै महिला कर्मचारी र सुरक्षा कर्मीले निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराउने प्रतिवद्धता गर्नु भयो । १६ जना महिला कर्मचारी र १२ जना सुरक्षाकर्मी सहित २८ जनाले मतदान केन्द्र सम्हाल्ने ढकालले वताउनु भयो ।
पाल्पामा २ लाख १ हजार ३ सय २६ जना मतदाता छन् । प्रतिनिधि सभा र प्रदेश सभाकोलागी ४४ जना उम्मेदवार चुनावी प्रतिस्प्रधामा उत्रिएका छन् जस मध्य ६ जना प्रतिनिधी निर्वाचित हुने छन् ।
मतगणना स्थल समेत निमार्ण सम्पन्न भैसकेको र मतगणनाका दिन आमजनतालाई सुसुचित गराउनलाई जिल्ला निर्वाचन कार्यालय पाल्पा र पत्रकार महासंघ पाल्पाको समन्वयमा संचार डेस्क समेत निमार्ण गरिएको छ ।