

सुमन कार्की
पाल्पा, २ मंसिर
मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकालागी हुने निर्वाचनमा पाल्पा जिल्लामा रहेका सवै मतदान केन्द्रमा कर्मचारी र सुरक्षा कर्मी पुगेर प्रारम्भीक चरणको काम सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचनकालागी पाल्पामा सम्पन्न गर्न १ हजार ९ सय ७२ कर्मचारी र ७ सय ९ जना प्रहरी र १ हजार २ सय १५ म्यादी प्रहरी खटिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले वताउनु भएको छ ।
यसै विच पाल्पामा नमुना मतदान केन्द्रको रुपमा तानसेन वडा नं.२ मा सवै महिला कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् । मतदानमा खटिएका कर्मचारीले आजै सर्वदलीय तथा सर्वपक्षीय वैठक राखेर निर्वाचनलाई स्वच्छ निश्पक्ष र भय रहित वातावरणमा सम्पन्न गराउन सवैले सहयोग र साथ दिने प्रतिवद्धता जनाएको वताएका छन् ।
निर्वाचन अधिकृत मिना ढकालले सवै महिला कर्मचारी र सुरक्षा कर्मीले निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराउन आफुहरु एकजुट भएर कार्य गरेको वताउनु भयो । १२ जना महिला कर्मचारी र १६ जना महिला सुरक्षाकर्मी सहित २८ जनाले मतदान केन्द्र सम्हाल्ने ढकालले वताउनु भयो । पाल्पामा २ लाख १ हजार ३ सय २६ जना मतदाता छन् ।