पाल्पा ४ मंसिर
तानसेनको एक मतदान बुथमा मतदान प्रक्रिया स्थगीत भएको छ । फरक मत पेटिकामा मत खसाल्दा मतदान प्रक्रिया स्थगित भएको हो । पाल्पा क्षेत्र नं.२ को वडा नं ६को श्रीजनप्रिय माध्यमिक विद्यालय केन्द्रमा विहान ७ वजे देखि संचालन भैरहेको मतदान प्रक्रियामा एक्कासी मतदाताले प्रतिनिधि सभाको मतपत्र खसाल्ने क्रममा प्रदेश सभाको मतपेटिकामा खसालेकोर प्रदेशको प्रतिनिधि सभाको मतपेटिकामा खसाल्दा मतदान प्रक्रियामा विवाद आई रोकीएको हो । विवाद सम्म ६८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको हो । सौ केन्द्र मा (क) र (ख) वुथ गरि १५१६ मतदाता रहेका छन् ।
विवाद पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलिय वैठक राखी मतदान प्रक्रियालाई सुरुवाट संचालन गरिने र थप २ घण्टाको समय थपी साझ ७ वजे सम्म मतदान गर्न पाउने सहमति भएको छ ।
मतदान गरेर गई सकेका मतदाताहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले पुन मतदान केन्द्र सम्म ल्याउने र लाने व्यवस्था समेत गर्ने भएको छ ।













