
१७ कार्तिक
काठमाडौं उपत्यकामा बिहीबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जानकारी दिएको हो ।
उक्त घटेको मूल्यअनुसार बिहीबार छापावाल सुनको मूल्य ९३ हजार २ सय, तेजावी सुनको मूल्य ९२ हजार ७ सय र चाँदीको मूल्य १ हजार २१५ रुपैयाँ तोकिएको र बुधबार छापावाल सुनको मूल्य ९३ हजार ६ सय र चाँदीको मूल्य १ हजार २२५ रुपैयाँ तोकिएको हो ।