कार्तिक १७,
पाल्पा –पाल्पाको रामपुरमा पहिलो पटक आधिकारिक रुपमा विद्युतीय सवारी विक्री सुरु भएको र ट्वान्टी–ट्वान्टी ग्रुप रामपुर पाल्पाले बेझाँड नहर अफिसमा ट्वान्टी–ट्वान्टी भियकल सप्लायर्स गर्न थालेको छ। सप्लायर्सको बुधबार उट्घाटन गरी विक्रीको शुभारम्भ सप्लायर्सको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उद्घाटन गर्नु भएको हो । पाल्पा रामपुर–५, नहर अफिस बेझाँडमा सप्लायर्सको उट्घाटन गर्दै नगर प्रमुख थापाले प्रविधि र बदलिदो समयको विकास संगै विद्युतिय सवारी साधनको प्रयोग गर्न चाहाना रहेको र जनताको चहाना पुरा
भएको यसले नगरमा नयाँ आयाम थपेको जानकारी दिनुभयो ।
उहाँले पेट्रोलिय पदार्थको मुल्य बढ्दो क्रममा रहेको सन्दर्भमा सस्तोमा सुविधा प्रदान गर्न र प्रदुषण न्यूनिकरणमा पनि ठूलो टेवा मिल्ने बताउनुभयो । बातावरण मैत्री सवारी साधनको प्रयोग विकसित देशमा बढे संगै यस क्षेत्रमा पनि विद्युतीय सवारी साधन विक्रि केन्द्र स्थापना हुनु परिवर्तनको सुखद पक्ष रहेको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।नगर प्रमुख थापाले अहिले सुरुवाती चरणमा विद्युतीय साधन प्रति कम चाँसो रहे पनि दिर्घकालिन रुपमा यसको विकल्प नभएको यस कार्यक्रममा ट्वान्टी–ट्वान्टी ग्रुपका अध्यक्ष सन्तोष देवकोटाले सप्लायर्स ओपाई स्कुटीको आधिकारिक विक्रेता रहेको जानकारी दिदै रोमास रकोमाटी स्कुटि पनि विक्री गरिने व्यबस्ता रहेको बताउनुभयो । सप्लयर्सले विद्युतीय साईकल पनि विक्री गर्न थालेको छ । नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईलाई प्रमुख अतिथी थापाले स्कुटीको साँचो प्रदान गर्नु भएको हो । कार्यक्रममा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी लगाएत विभिन्न सरोकार वालाहरुको उपस्थिति रहेको थियो ।












