पाल्पा, असोज २६
पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ । प्रशासनले मङ्गलबार सूचना प्रकाशन गरेर इजाजतप्राप्त हातहतियार नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन आग्रह गरिएका हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनका बेला हतियार दुरुपयोग हुन सक्ने भन्दै केही समयका लागि हतियारहरु आगामी २०७९ कात्तिक १० गतेभित्र इजाजत प्राप्त हतियार प्रहरीमा बुझाउन आग्रह गरिएको बताउनुभयो ।
इजाजत विनाका हतियार फेला परेको भए तत्काल बुझाउन प्रशासनले सूचना प्रकाशन गरेको छ । प्रहरीमा बुझाएका हतियार चुनाव सकिएपछि पुन व्यक्तिलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ ।













