असोज २६ पाल्पा
पाल्पामा २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
आगामी मंसिर ४मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागी पाल्पा जिल्लामा ४७ जनाले उम्मेदवारी दिएका मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका भोजेन्द्र बहादुर केसी र पाल्पा क्षेत्र नं. २ (२) मा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका राजन खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । आज २ जनाले नै आप्mनो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले जानकारी दिनु भयो।
२ जना पछि हटे संगै अब ६ सिटको लागी प्रतिनिधिसभा र प्रदेशसभामा गरि ४५ जना उम्मेदवार चुनावी मैदानमा भिड्ने भएका छन्।
पाल्पा जिल्लामा प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र र ४ वटा प्रदेशतर्फ रहेका छन् ।
« जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिलाई तत्काल प्रहरीमा बुझाउन आग्रह













