सुमन कार्की
पाल्पा २३ असोज
पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको ऐतिहासिक,परम्परागत , कला सस्कृति र पहिचान बोकेको सराए नाच निकालिएको छ । हरेक बर्ष विजया दशमीको अन्तिम दिन अर्थात कोजाग्त पुर्णिामाको अवसरमा गाउँपालिकाको वडा न ५ स्थित कोटौजेपानीमा सराय नाच संग सगै विविध सास्कृतिक कर्यक्रम संचालन गरिन्छ । मुझुङ्गको कालिका मन्दिरलाई तीन पटक परिक्रमा गरि बाजा गाजा सहित एक आपसमा तरवार ठोक्काउदै वाख्यै वाख्यै गर्दे कटौजे पानीको खेल मैदानमा आइ तरवार नचाएर सराय नाच समापन गर्ने प्रचन रहेको छ ।
अघिल्लो बर्ष कोरानाका कारण रोकिएको ऐतिहासिक सराय नाच यो बर्ष भने निकै हर्षाेउल्लासका साथ निकालिएको हो । दशैको फुलपातीको दिन कोट घरमा राखिएको जमरालाई पानीका मुहान नजिक लगि सेलाउने चलन समेत रहेको छ ।
रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले रैनादेबी छहरा गाउँपालिकाको ऐतिहासिक महत्व बोकेको सराय नाच र कालिका मन्दिर संरक्षण गर्न गाउँपालिका अग्रसर रहेको बताउनुभयो । पालिकाका धार्मिक आस्थाका केन्द्रका रूपमा रहेका शक्ति पिठहरूको संरक्षण गर्न गाउँपालिकाले विस्तृत योजनाका साथ अगाडि बढ्ने र गाउँपालिकाले पालिकाका सबै वडाका धार्मिक एवम पर्यटकिय स्थलहरूको पहिचान गरि ती पर्यटकिय स्थलहरूको विकास गरि पर्यटकको आगमन वृद्धि गरि नागरिकको जीवन स्तरमा सुधार ल्याउने योजनाका साथ गाउँपालिका अगाडि बढ्ने बताउनुभयो ।
कालिका मन्दिर व्यवस्थापन समितिका सल्लाहकार राम कार्कीले रैनादेवी छहरा सेन कालिनका राजाहरूले राज्य गरेको क्षेत्र रहेको बताउनुभयो । सेन वंशिय राजाहरूले नै सराय नाच्ने प्रचलनलाई फिजाएको र यो सराय नाचले छुट्टै सांस्कृतिक पहिचान बनाएको बताउनुभयो । पश्चिम क्षेत्रकै धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको कालिका मन्दिरमा पुर्णिमाको अवसरमा हजारौं सख्यामा श्रद्वालुभक्तजनहरूको आगमन हुने हुदा मन्दिर व्यवस्थापन समिति,स्थानीय नागरिकहरू यसको संरक्षण र प्रचार प्रसारमा जिम्मेवारी पुर्ण रूपमा लाग्नुपर्ने बताउनुभयो ।
स्थानीय कासी पौडेलले सराय नाच पश्चिमी पाल्पाको ऐतिहासिक महोत्व बोकेको कालिका मन्दिरबाट निकालिने नाच रहेको बताउनुभयो । सराय नाचको उदम स्थल नै कटौजे पानी रहेको पौडेलको भनाइ छ । झण्डै २ सय बर्ष पुरानो ऐतिहासिक महोत्व बोकेको मन्दिरबाट नै सराय नाचको शुरूवात भएको र पछि अन्य स्थानहरूमा सराय नाच निकाल्ने प्रचलन रहेको बताउनुभयो ।
रैनादेबी छहरा वडा न ५ का वडा अध्यक्ष हुमान सि कार्कीले सराय नाचको संरक्षणका लागि वडा कार्यालय र समग्र गाउँपालिका जुटेको बताउनुभयो । विगतको समयमा कालिकाको सानो मन्दिर रहेको अवस्था हाल प्रदेश सरकारको सहकार्यमा मन्दिर निर्माण गर्न सफल भएको बताउनुभयो ।
सराय नाच एवम सास्कृतिक मेला संयोजक नारायण बहादुर रायमाझीले सराय नाचको साथसाथै सास्कृतिक कार्यक्रम जोडेर धार्मिक एवम सास्कृतिक पर्वको रूपमा मनाउने गरेको बताउनुभयो । यस कार्यले विगतका पुर्खाहरूले सुम्पिएको कला र सस्कृतिकको संरक्षणसँगै पुस्ता हस्तान्तरण समेत महोत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानहरूमा कोजाग्रत पुर्णिमा तरबार ठोक्काउँदै सराय नाच निकालिएको छ । कोजाग्रत पुर्णिमाको अवसरमा पाल्पाको लिपिन्देबी मन्दिर,रिब्दीकोट गाउँपालिकाको भारकोट,ख्याहा, लगाएतका स्थानहरूमा तरवार नचाएर सराए नाच निकालिएको हो ।
विजया दशमीको अन्तिम दिन कोज्रागज पुर्णिमा आज पाल्पाको विभिन्न स्थान दशै घर अर्थात शक्तिपिठहरूमा विशेष पुजाआजाका साथै सराए नांच पञ्चेबाजा गाजाका साथ मन्दिर परिक्रमा गरि दशै अर्थात बडा दशैलाई फुलपाती टिका जमारा सहित दुर्गा पूजा गरेर कुविन्डो काटेर पुजा बिसर्जन गर्ने चलन रहेको छ।















