असोज २४, पाल्पा
निस्दी गाउँपालिका ३ झिरवासका २३ वर्षीय विरेन्द्र सोमै बुधबार दसैंको दिन स्थानीय काफलखोलामा मृत अवस्थामा भेटिए । सोही गाउँपालिका वडा नं. ५ ढुङ्गानावेशी पाखरी खोलाको किनारामा एक व्यक्ति मृत अवस्थामा भेटिएको शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनायो ।
भारी वर्षाका कारण तिनाउँ गाउँपालिका ६ मस्याम चिदिसमा निरबहादुर सारुको घर पहिरोले पुरिदा २१ वर्षीया विष्णुमाया सारु र डेढ वर्षीया अरुषी सारु घाइते भएका छन् । जिल्ला प्रहरी पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले सबै प्रहरी चौकी र स्थानीयवासीबाट बाढी पहिरोको क्षति संकलनको काम भइरहेको सम्पूर्ण क्षतिको विवरण आउन केहि समय लाग्ने बताउनुभयो ।
बाढी र पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन तम्घास राजमार्गमा खसेको पहिरो हटाई यातायात सञ्चालन गरेपनि ग्रामिण क्षेत्रमा खसेको पहिरो स्थानीय पालिकाले नहटाउँदा सवारी साधन चल्न नसकेको यतायात व्यवसायीले बताए ।
गाउँघरमा दसैं मनाउन पुगेको यात्रुहरु सडक अवरुद्ध हुँदा गाउँमै अलपत्र परिरहेका छन्।












