एमालेले शुक्रवार उम्मेद्वारको टुंगो लगाएसँगै एमालेका प्रदेश कमिटी सदस्य एकप्रसाद भण्डारीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग हुने निर्णय गर्नुभएको छ । भण्डारीले आफ्नो फेसबुकमार्फत पार्टीले आफ्नो कुनै योगदान नभएको, पार्टीले जनभावना र त्यागको मुल्यांकन नगरेर व्यक्तिवादी निर्णय गरेकाले पार्टीबाट अलग हुने निर्णय गरेको लेख्नुभएको छ । भण्डारी प्रदेशसभा १(२)मा दावेदार रहनुभएको थियो ।

यस्तै अन्य प्रदेशकमिटी सदस्य तथा दाबेदार समेत असन्तुष्ट बनेका छन् । सामाजिक संजालमा उनीहरूका शुभचिन्तकबाट असन्तुष्टि पोखिएको छ ।
यस्तै जिल्ला पार्टीका एक पदाधिकारीले समेत घुमाउरो शैलीमा उम्मेद्वार बनेकालाई व्यङ्ग्यात्मक शैलीमा शुभकामना दिएको टिप्पणी भएको छ । निस्दीले एमालेका लागि ठूलो योगदान गरेको भएपनि निस्दीले प्रदेश तथा सङ्घबाट उम्मेद्वार नपाएको ती युवाको असन्तुष्टि रहेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेद्वार बन्न नपाएको भन्दै एमाले पाल्पाका केही नेता तथा कार्यकर्तामा असन्तुष्टि बढेको हो ।
शुक्रबार मात्रै एमालेले पाल्पाको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा उम्मेद्वारको टुंगो लगाएको थियो । एमालेले प्रतिनिधिसभातर्फ क्षेत्र नं। १ मा नारायणप्रसाद आचार्य र क्षेत्र नं। २ मा ठाकुर गैरेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । यस्तै प्रदेशसभातर्फ १(१)मा राजु श्रेष्ठ, १(२)मा खेमबहादुर सारु, २(१)मा पर्शुराम भट्टराई र २(२)मा ओमबहादुर घर्तीलाई उम्मेद्वार बनाउने भएको छ ।













