सुमन कार्की
पाल्पा असोज १७
दशैं भन्ना साथ मिठो खाने,राम्रो लगाउने र मान्यजनको हातबाट टिका थाप्ने पर्वको रुपमा मात्र युवा पुस्ताले लिने गर्दछन् । राम्रो कपडा लगाउने सँगसगै पिङ खेल्ने पर्वको रुपमा पनि दशैंलाई लिने गरिन्छ । तर परम्परागत लिङगे, चर्खे पिङ क्रमिक रुपमा हराँदै गएपछि नयाँ पुस्ताले परम्परागत पिङगलाई बिर्सर्दै गएका हुन् ।
पहिला पहिला गाउँबस्तीका टोलटोलमा अग्ला पिपल वरका रुखमा खरबाट निर्मित पिङ राख्ने चलनलाई आधुनिताको विकास सगै त्यस्ता पिङ बनाउने पाका ब्यक्ति समेत हराउँदै गएपछि परम्परा र संस्कृति समेत हराउँदै गएका हुन । काठैकाठबाट निर्मित एकपटकमा एकजना भन्दा बढी खेल्न सकिने चर्खे पिङ ग्रामिण क्षेत्रमा समेत लोप नै हुन पुगेको छ । चर्के पिङ त देख्न पनि विरल्लै भैसकेको तानसेनका स्थानिय विष्णु पौडलले वताए ।
तानसेन नगर भित्र परम्परा र संस्कृतिको जर्गेना गर्ने उद्धेश्यले केही ठाउँमा बाँसको लिङगोमा पिङ राखेर निरन्तरता दिईएको छ । हिन्दु धर्मलम्बीहरुको महत्वपुर्ण अथवा मुख्य पर्वमा पिङको महत्व बढी भएको तानसेन नगरका वुढापाकाहरु वताउछन् ।
पिङलाई मनोरञ्जनका साधनको रुपमा पनि लिन सकिने भएकोले यसको महत्व बढी भएको हो । साना साना वालवालीका देखि वुढापाकाहरुले समेत पिङ खेल्ने र मनोरञ्जन लिने गर्दछन् ।
परम्परागत पिङ निमार्ण र संस्कृतिको संरक्षणको लागि स्थानिय सरकारले समेत ध्यान दिन जरुरी देखिन्छ ।














