पाल्पा १८ असोज
पाल्पाको रैनादेवी छहरा–३, भुवनपोखरी स्थित गोखुङ्गामा जिप दुर्घटना हुदा ४ जना घाइते भएका छन् । गोखुङ्गामा पन्चबलीको सामग्री सहित मन्दिर जादै गरेको लु १ ज २५८३ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी ४ जना घाइते भएका मध्ये १ जनाको अवस्था गम्भीर रहेको रैनादेवीछहरा–३ का वडाअध्यक्ष प्रदीप पौडेलले जानकारी दिनुभयो ।
घाइतेहरूलाई स्थानीय बासिन्दा र मुझु«ङ्ग प्रहरी चौेकीको टोली मिलेर उद्दार गरिएको छ । उनीहरूलाई उपचारका लागि तानसेन तर्फ पठाइएको मुझु«ङ्ग प्रहरी चौेकीले जानकारी गराएको छ । मङ्गरबार बिहान ११ः५० बजे जिप दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।












