सुमन कार्की
पाल्पा, १६ असोज
वडा दशैको अवसरमा विभिन्न देविका शक्ति पिठहरुमा दर्शनार्थीहरुको भिड वड्ने क्रममा पाल्पामा पश्चिम नेपालकै प्रख्यात मानिने भैरव मन्दिरमा पनि दर्शनार्थीहरुको भिड अत्यधिक वढेको छ ।
आफ्नो मनोकाक्षा पुरा हुने भन्दै यस मन्दिरमा धेरै टाढा टाढावाट दशैको अवसरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको भिड वढेको हो ।
पाल्पाली सेन वंसीय राजा मणीमुकुन्द सेन प्रथमले १४औं सताब्दीमा स्थापना गरेको यस मन्दिर प्रति पाल्पा , रुपन्देही, गुल्मी, स्याङ्गजावाट मात्र नभई काठमाण्डौ देखि पश्चिम सम्मका दर्शनार्थीहरुले आप्mनो मनोकांक्षा पुरा हुने विश्वासमा र मनोकांक्षा पुराभएपछि पञ्चवली सहित विशेष प्रकारको मानाको रोट,माथीको रोट पकाई रोट लिएर दैनिक हजारौ दर्शनार्थीको समेत भिड लाग्ने गरेको छ ।
सदरमुकाम तानसेन देखि झण्डै ८ किलोमिटरको दुरीमा रहेको भैरव मन्दिर सामुद्रीक सतह देखि १ हजार ४ सय ८५ मिटरको उचाइमा रहेको छ ।
वडा दशैको साथै अन्य महिनामा र विभिन्न अवसरमा भिड हुने यस मन्दिरमा धार्मिक आस्था र विश्वासको आधारले घण्टौ लाइनमा वसेको रुपन्देहीका दर्शनार्थी अस्मिता कार्की वताउछिन् ।
दशैको अवसरमा दर्शनार्थीको अत्यधीक मात्रामा भिड बढ्ने र मन्दिर परिसरमा रोट पकाएर विक्री गर्नेहरुको लागी समेत रोजगारी र आम्दानीको वलियो स्रोत वनेको छ मन्दिर । विशेष गरि यस मन्दिरमा रोट चढ्ने हुनाले दर्शनार्थीहरुले रोट नै खरिद गरि लैजाने हुनाले स्थानिय वासीन्दाका लागी आम्दानीको वलियो माध्यम वनेको रोट व्यवसायी विर वहादुर पोख्रेल वताउछन् ।
धार्मिक आस्था र प्रगाढ विश्वासका कारण घण्टौलाईनमा वसेको प्रवाह नै नगरेको वताउदै दर्शनार्थी भन्छन् धार्मिक विश्वासका कारण मन्दिरमा भिड वढेको हो । मन्दिरको एक भागमा अखण्ड धुनीचल्ने र गोरखनाथ सम्प्रदायवाट दैनिक नृत्य पुजा हुने यस मन्दिरमा आउने दर्शनार्थीहरु विहानै देखि लाईनमा लाग्दछन् ।
भौगोलिक वनावटका दृष्टिकोणले पहाडको टुप्पोमा मन्दिर भएकोले यहाँवाट विभिन्न हिमसृखलाको दृश्यावलोकन गर्न सकिने भएकोले यस मन्दिरमा विदेशी पर्यटकहरुको समेत आर्कषर्ण वढेको व्यवस्थापन समितीले जनाएको छ । आप्mनो मनोकांक्षा पुराभएकोले काठमाण्डौ देखि दर्शनको लागी विहानै देखी आएर लाइनमा वसेको दर्शनार्थीहरुको टोली वताउछन् ।
नवरात्रीलागे सगै यस मन्दिरमा हजारौ पशुवली चढि सकेको मन्दिर व्यवस्थापन समिती ले जनाएको छ । मन्दिरको दैनिक पुजा संचालन, दर्शनकोलागी आउने दर्शनार्थीहरुको व्यवस्थापन र आर्य व्यायको दिगो व्यवस्थापनको लागी मन्दिर व्यवस्थापन समिती समेत स्थापना भएको छ । मन्दिर व्यवस्थापन समितीले विशेष गरि वडा दशैको अवसरमा हुने दर्शनार्थीहरुको भिड व्यवस्थापान, अपाङ्ग, अशक्त, वृद्ध वृद्धालाई लाइन विना नै दर्शन तथा पुजाको व्यवस्था सगै सुरक्षाकोलागी सी.सी क्मामेरा जडान र सुरक्षा कर्मीको समेत खटाइएको र स्वयम आफै पनि स्वयमसेवकको रुपमा विहानै देखि खटेको व्यवस्थापन समितीका पूर्व अध्यक्ष तुल वहादुर अधिकारी वताउछन् ।
आफ्नो मनोकांक्षा पुरा भए पछि आफ्नो भाकल अनुसार रोट,वोका,कुखुरा,पञ्चवली चढाउन आउने यस मन्दिरमा धार्मिक पर्यटन प्रवद्धन संग सगै मन्दिर आसपासमा रोट,कुखुरा,वोकाको व्यापार व्यवसायवाट ५० भन्दा वढि व्यवसायीले रोजगारीको वलीयो अवसर प्राप्त गरेका छन् ।
यस मन्दिरले धार्मिक पर्यटक प्रवद्धन संग सगै स्थानियवासीहरुलाई रोजगारीको अवसर सृजना गरि आर्थिक रुपमा वलियो वनाउदै लगेको छ ।














